सङ्खुवासभा – नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बहाम्फे, केन्द्रीय सदस्य दुर्गा प्रसाईं, सुनिता बराल लगायतको नेताहरु हुनुहुन्छ ।

उहाँहरुलाई एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गर्नुभयो । खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट सयौ नेता तथा कार्यकता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया