अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा एमाले नेतृत्वका लागि २६ पदमा हुने

ताप्लेजुङमा एमाले नेतृत्वका लागि २६ पदमा हुने


ताप्लेजुङ – नेकपा एमाले पार्टीको अहिले देशभर नयाँ नेतृत्व चयन गर्ने कार्य भइरहेको छ । यता पूर्वको अन्तिम जिल्ला ताप्लेजुङमा २६ पदमा प्रतिस्पर्धा हुँदैछ ।

आन्तरिक सहमति हुन नसकेसँगै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लाकेको हो । प्रमुख निर्वाचन अधिकृत देवराज मेन्याङ्वोका अनुसार निर्वाचनका लागि मतदान सुरु भएको जानकारी दिनुभयो । बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबेबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको छ ।

दुई पक्षले नै पाँच पदाधिकारीसहित २६ पदमा प्रतिस्पर्धा गर्ने भएको निर्वाचन समितिले जनाएको छ । प्रत्येक वडाका १-१ जनाको दरले भूगोलबाट आउने ६१ जना जिल्ला कमिटी सदस्य मध्ये फुङ्लिङ नगरपालिकाको वडा नम्बर ३ र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ र ५ बाट बाहेक ६ महिला खुल्ला सदस्यका लागि ९ र ३ दलित सदस्यका लागि ६ र १३ खुल्ला सदस्यका लागि २६ जनाको प्रतिस्पर्धा हुने भएको छ ।