अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फोनिज प्रदेश १ को महाधिवेशन मन्त्री इन्द्र आङबोद्वारा उद्घाटन

फोनिज प्रदेश १ को महाधिवेशन मन्त्री इन्द्र आङबोद्वारा उद्घाटन


तेह्रथुम – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रादेशिक महाधिवेशनको तयारी पूरा भएको छ । यही मंगलबार र बुधबार मोरङ पथरीमा हुन गइरहेको महाधिवेशन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले उद्घाटन गर्नुहुने छ ।

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन सम्पन्न हुन गइरहेको महासचिव विदुर खवासले जानकारी दिनुभयो ।   

महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने आयोजकले जनाएको छ ।