काठमाडौं – सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिनका निम्ति ‘खोप कार्ड’ अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसलाई गृहमन्त्रालयले स्वीकृत गरेको छ ।
गृहमन्त्री स्तरीय सो निर्णयसँगै माघ ७ देखि सरकारी तथा सार्वजनिक सेवा लिनका निम्ति कोभिड बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ । त्यसैगरी २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।
यसैगरी होटल, रेष्टुरेन्ट, सिनेमा हल, हवाईमार्ग र पार्कमा प्रवेश गर्दा पनि कोभिड बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । खोप कार्डको फोटो मोबाइलमा खिचेको भए पनि मान्य हुने गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया