अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट पार्टीको खोल ओढेर सरकार ढाल्ने काम भयो : अध्यक्ष ओली

कम्युनिष्ट पार्टीको खोल ओढेर सरकार ढाल्ने काम भयो : अध्यक्ष ओली


संखुवासभा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको बताउनुभएको छ ।

नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताउनुभएको हो ।

वामपन्थीको खोल ओढ्ने दक्षिणपन्थीहरूले सरकार गिराउने काम गरेको उहाँको भनाइ छ । एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।

फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उहाँको दाबी छ । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उहाँले बताउनुभयो ।

अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको अध्यक्ष ओलीले बताउनुभयो ।

g]skf-Pdfn]_ ;ª\v’jf;efsf] cf7f}F lhNnf clwj]zg vfFbaf/L, @^ k’;M ;ª\v’jf;efsf] ;b/d’sfd vfFbaf/Ldf ;f]daf/ g]kfn sDo’lgi6 kf6L{-Pdfn]_ ;ª\v’jf;efsf] cf7f}F lhNnf clwj]zg pb\3f6g ;df/f]xdf ;xefuLx? . tl:a/M ;’hg ah|frfo{÷/f;;

फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताउनुभयो । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गर्नुभयो ।