काठमाडौं – नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको चौथो दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ४८ जिल्लामा नयाँ कमिटी चयन भएको हो ।
जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् । अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएका छन् । एमालेले प्यानल बनाएर चुनाव लड्न रोक लगाएका कारण धेरै ठाउँमा गुटगत भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धा भएको उपमहासचिव विष्णु रिमालले बताउनुभयो ।
कुन जिल्लामा को अध्यक्ष ?
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर – शरण राई
८. इलाम- महेश बस्नेत
९. साेलुखुम्बु- डुफकुमार बास्ताेला
१०. उदयपुर- प्रमेश्वर घिमिरे
११. ओखलढुंगा– शंकर कटुवाल
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
वागमती
१. धादिङ – भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडाैं – दीपक निराैला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली- कुमारबहादुर कार्की
११. दोलखा: नरबहादुर श्रेष्ठ
गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ- हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर–मुक्ती पाण्डे
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
१०. प्युठान–बिजयविराज विष्ट
कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी- सुरेन्द्र पाल
३. डोटी-चक्र मल्ल
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल







प्रतिक्रिया