अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे

एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे


ताप्लेजुङ – एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै थेवे विजयी भएका हुन् । ६३५ मत खसेकोमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा केशरकुमार मेन्याङबो विजय भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजय भएका छन् ।

खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् । थेवे समूहका कुमार मादेन, अम्बिका नुगो लिम्बू, निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा, नन्दलाल गौतम र कुलमणि दाहाल विजयी भएका छन् ।

साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भएका छन् ।

६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन् ।