काठमाडौँ – कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढेसँगै नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यसअघि २०७८ माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उहाँले बताउनुभयो । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइएको उहाँले बताउनुभयो ।
काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो।
पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।







प्रतिक्रिया