काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण भएको छ।
मंगलबार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ भएर कोटेश्वरस्थित निवासमै आराम गरिरहनुभएका नेपाललाई मंगलबार कोरोना पुष्टि भएको हो।
त्यसैगरी उक्त पार्टीका उपमहासचिव डा. विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना भएको छ।
माओवादीको काठमाडौंमा भएको आठौं महाधिवेशनमा सहभागी सयभन्दा बढीलाई हालसम्म कोरोना पुष्टि भइसकेको छ।
प्रतिक्रिया