अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो । कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उहाँ घरमै क्वारेन्टिनमा बसिरहेका छन्। आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उहाँले आग्रह गरेका छन् ।  

– एजेन्सी