पोखरा – नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैरे एमालेको जिल्ला अध्यक्ष बन्नुभएको हो ।
गैरेले ४४० मत ल्याउँदा मरासिनीले २५७ मत मात्रै पाएक थिए । उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन भएका छन् भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएका एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैरेको प्यानलबाट चुनाव लडेका थिए ।
११ वटा पालिकाबाट आठौँ अधिवेशनको लागि ७१० जना प्रतिनिधि छानिएका थिए ।






प्रतिक्रिया