जाजरकोट – नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न्।
मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । विजयी खीमबहादुरले कुल ४३३ मतमध्ये २१७ मत ल्याएर विजयी हुनुभएको हो । करवीरले २१० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् ।
यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उहाँले २२५ मत प्राप्त गर्नुभएको थियो । सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन्। नरबहादुर खत्रीलाई पछि पार्दै उहाँ विजयी भएका हुन् । गिरीले २१५ प्राप्त गरेका थिए भने खत्रीले १८६ मत प्राप्त गरेका छ्न्।
यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नरबहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २४७ मत प्राप्त गरेका छ्न् ।
उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १०४ मत प्राप्त गरेका थिए ।







प्रतिक्रिया