नयाँ दिल्ली – भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ। दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।
राजधानीमा कूल सक्रिय संक्रमितको संख्या ७४ हजार ८८१ रहेको छ । पोजेटिभिटी दर बढेर २५।६५ पुगेको छ ।
भारतमा मंगलबार १ लाख ६८ हजार भनेदा धेरैलाई कोरोना संक्रमण भएको थियो भने २७७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
– एजेन्सी
प्रतिक्रिया