खोटाङ – खोटाङमा पुन: कोभिड-१९ को संक्रमण देखिन थालेको छ । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मंगलबार एक-एक जनालाई संक्रमण पुष्टि भएको हो ।
८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहीबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।
जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै पुरुष कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोभिड-१९ को महामारी कम भएको केही समयपछि पुन:संक्रमण फैलिन थालेपछि नागरिकमा त्रास देखिएको छ ।
प्रतिक्रिया