अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित


सुर्खेत- नेकपा एमाले सुर्खेतको पदाधिकारीमा अमृत बिसीको प्यानल नै बिजयी भएको छ ।
एमाले सुर्खेतका अनुसार अध्यक्षमा बिसीले डण्डीप्रसाद शर्मालाई १ सय १ मतको अन्तरले पराजित गर्नुभएको छ । बिसीको ३सय ६८ र शर्माको २सय ६७ मत आएको छ । यसैगरी उपाध्यक्षमा कुलमणी देवकोटा ३ सय ९४ मतले बिजयी हुनुभएको छ भने प्रतिष्पर्धी ऋषी गीरीले २सय २६ मत ल्याउनुभएको छ । सचिवमा कविन्द्र केसीले ३ सय ९० मत ल्याउनुभएको छ भने प्रतिष्पर्धी रेशम रानाले २स य३३ मत ल्याउनुभएको छ । उपसचिवमा घनश्याम पाण्डेले ३ सय ९१ मत ल्याएर र बलबहादुर नेपालीले ३ सय ६९ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँहरुका प्रतिष्पर्धी टिकाराम सुबेदी र नेत्रलाल महताराले क्रमश २सय ९ र २ सय ८ मत प्राप्त गर्नुभएको छ ।

अस्ती २३ गते सुरु भएको जिल्ला अधिवेशनमा सहमती हुन नसकेपछि हिजो मतदान भएको थियो ।