स्याङ्जा – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।
वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख राजेन्द्रप्रसाद अधिकारीका अनुसार नाबालकको हत्यामा संलग्न भएको अभियोगमा त्यही घरमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरुङ पक्राउ परेका छन्।
त्यसक्रममा नाबालक साइमानकी ५ वर्षीया दिदी साइना पनि घाइते भएकी छन्। उनको वालिङमै उपचार भइरहेको छ।
नाबालकमाथि बुधबार दिउँसो १ बजे चक्कु हानिएको थियो। चक्कु हानिएपछि गम्भीर घाइते नाबालकलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो। तर डाक्टरले मृत घोषित गरे।
प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया