कालिकोट – बैंक खाता खोल्न जाँदा ६० वर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराको टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उहाँ खाता खोल्न करीब १० किलोमिटर टाढाको थिर्पु जाँदै हुनुहुन्थ्यो । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।
१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उहाँ बिहीबार बिहानै घरबाट हिड्नुभएको थियो । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उहाँ घरबाट निस्केको स्थानीयले बताएका छन् । उहाँ पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै हुनुहुन्थ्यो ।
प्रतिक्रिया