अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

६ महीनामा गठबन्धन सरकारको उपलब्धि शून्य


काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ ।

आज काठमाडौँमा भएको अन्तरक्रियामा प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

सचेतक भट्टराईले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना लागेकोले ६ महिनाको अवधिमा केही काम नभएको बताउनुभयो ।

उहाँले गठबन्धन सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएको पनि बताउनुभयो । भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने समेत बताउनुभयो ।