अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा

परमादेश सरकारका देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा


चितवन – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा गठबन्धन सरकार चुप लागेर बसेको भन्दै आलोचना गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप लगाउनुभयो ।

तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उहाँले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताउनुभयो । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उहाँले बताउनुभयो ।

नेता बास्कोटा भन्नुहुन्छ- ‘भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको । संसदबाट सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू । लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस् । म मन्त्रीहरू खोज्दै छु । देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु । खै कहाँ गए । त्यस विषयमा बोल्नु पर्दैन । एमाले बोल्यो ।’

प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उहाँले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने दाबी गर्नुभयो । फरक प्रसंगमा बोल्दै बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप समेत लगाउनुभयो । ‘अदालत एमालेप्रति पूर्वाग्रही भएको हो । त्यो कुरा स्पष्ट देखिएको छ । सदाझैँ एमालेप्रति पूर्वाग्रही भएर अदालत उभिएको तथ्यहरूले बताउँछ’, उहाँले भन्नुभयो ।