सुनसरी – नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ ।
सातौं अधिवेशनबाट खेमराज पोखरेललाई १४५ मतले हराउँदै भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको हो । भण्डारीले ९२० र पोखरेलले ७७५ मत पाउनुभयो । भण्डारीले झण्डै बीचमा केही समयबाहेक डेढ दशकदेखि सुनसरीमा पर्टीको नेतृत्व गर्दै आउनुभएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयरसमेत रहनुभएका नेता द्वारिकलाल चौधरीले सय मत पनि कटाउनुभएन। चौधरीले मात्रै ८० मत पाउनुभयो .
उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र उपसचिवमा राम कोइराला र योगराज खड्का निर्वाचित हुनुभएको छ ।
विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-
जम्मा मतदाता : १८०५
अध्यक्ष
रेवती भण्डारी – ९२०
खेमराज पोख्रेल – ७७५
द्वारिकलाल चौधरी- ८०
उपाध्यक्ष
नन्दकुमार बस्नेत -७००
निलम खनाल – १०११
उपसचिव
अन्जनीकुमार पोख्रेल – ४९७
अर्जुन गहतराज – २२९
पदमप्रशाद लिम्बु – ५२५
योग्यराज खड्का – ५६३
लहरुमाया जिमी – २४९
लोकेश निरौला – ४८४
राम कोइराला – ८२१







प्रतिक्रिया