बैतडी – महिला मानव अधिकार रक्षक सञ्जाल र दलित समाज विकास मञ्च बैतडीले प्रहरीलाई मास्क र स्यानेटाइजर वितरण गरेको छ ।
आज एक औपचारीक कार्यक्रमको आयोजना गर्दै दशरथचन्द नगरपालिका भित्रका नौ वटै प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई उक्त सामग्री वितण गरिएको महिला मानव अधिकार रक्षक संजालका सचीव कल्पना रानाले बताउनुभयो ।
डीएस्डीका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बोधराज ओझा हुनुहुन्थ्यो।
कोरोना भाइरसको जोखिम मोलेर जनताको सेवामा खटिएका प्रहरी कर्मचारीका लागि उक्त सामग्री वितरण गरिएको अध्यक्ष नेपालीले बताउनुभयो ।
कोरोना सर्तकताका लागि आवश्यक पर्ने सुरक्षाका सामग्री पाएपछि खुशी लागेको प्रहरी निरिक्षक ओझाले बताउनुभयो । उक्त सामग्री आफूहरु प्रयोग गर्नुका साथै बजारमा मास्क नगलाउने व्यक्तिहरुलाई समेत वितरण गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया