काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
प्रचण्डको सचिवालयमा समेत रहनुभएका प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गर्नुभयो ।
चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो ।
प्रतिक्रिया