अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकर्ताका दुखमा साथ दिन एमाले उदयपुरले १ करोड रुपैंयको कोष स्थापना गर्ने

कार्यकर्ताका दुखमा साथ दिन एमाले उदयपुरले १ करोड रुपैंयको कोष स्थापना गर्ने


उदयपुर-नेकपा एमाले उदयपुरले कार्यकर्ताको दुखमा साथ दिन एक करोडको कोष स्थापना गर्ने भएको छ ।
जिल्ला अध्यक्ष परमेश्वर घिमिरेका अनुसार कोष स्थापनाका लागि जिल्लैभरी एक नोट अभियान सञ्चालन गरिने भएको छ । ‘पार्टीमा आवद्ध भएका र नभएका सबै व्यक्तिहरुसँग हामी एक नोट अभियान लिएर पुग्र्छौं । उहाँहरुबाट एक नोट लिन्र्छौं पार्टीले अर्को नोट दिन्र्छौं’ घिमिरेले भन्नुभयो ‘पार्टीले दिने नोट पैसाको होइन,पार्टीको लोगो,पाटीका कार्यक्रमहरु लेखिएको हुनेछ ।’
एक व्यक्तिबाट एउटा मात्र नोट लिइनेछ । जस्तै कसैले ५ रुपैंया,१० रुपैंया वा १ हजार रुपैंया जति दिए पनि एउटा मात्र नोट सहयोग लिने एमाले उदयपुरले जनाएको छ । ‘कसैले १ हजार भन्दा बढी सहयोग गर्न चाहनुहुन्छ भने घरपरिवारका सदस्यका नाममा अर्को नोट सहयोग गर्न सक्नुहनेछ’ घिमिरेले भन्नुभयो ।
एक महिना भित्र १ करोड रुपैंया संकलन हुने अपेक्षा पार्टीले गरेको छ । यसका लागि पार्टीका टोल कमिटीसम्मलाई परिचालन गर्ने तयारी एमालेको छ ।
यसरी संकलित कोषबाट पार्टी सदस्यहरुको दुखमा साथ दिइने घिमिरेले बताउनुभयो । ‘सहयोग कसरी गर्ने भन्ने कार्यविधी बनाउने चरणमा र्छौं’ उहाँले भन्नुभयो ‘तर कोही बिमारी पर्दा,दुर्घटना भएर घाइते हुँदा वा अन्य कुनै विपत्ती परेको बेला पार्टीले आफ्ना सदस्यहरुलाई यही कोषबाट सहयोग गर्दछ ।’