काठमाडौं- एक महिनाअघि नेपाल पत्रकार महासंघको उपाध्यक्षबाट राजीनामा दिएर नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा लागेको घोषणा गरेकी बाला अधिकारी पुनः पत्रकार महासंघको बैठकमा फर्किएकी छिन् । पत्रकार महासंघ छाडेर पार्टी राजनीतिमा लागेको स्वयं घोषणा गरेर चर्चा समेत कमाएकी अधिकारी शुक्रबारबाट कपिलवस्तुमा सुरू भएको महासंघको बैठकमा सहभागी भएकी हुन् ।
डेढ दशकदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएकी अधिकारीले गत मंसिरमा कांग्रेस केन्द्रीय सदस्यमा भोट माग्दै महासंघको जिम्मेवारी त्यागेको बताएकी थिइन् ।
मिडिया अवार्डमा विवादित अध्यक्ष विपुल पोखरेलले पनि बैठक सुरु हुनुअघि माफी मागेका छन् । पोखरेलको धारणा माग र उपाध्यक्ष अधिकारी बैठकमा सहभागी भएपछि दुई दर्जन केन्द्रीय सदस्यले महासंघको बैठक नै बहिष्कार गरेका थिए ।







प्रतिक्रिया