अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी


कालीकोट – एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए ।

उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उहाँका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याउनुभएको थियो ।

सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिनुभयो ।