अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका

कोरोना ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका

पछिल्लो २४ घण्टामा थपिए २६०७ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा थप २६०७ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर १८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।

यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।