अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका


सुर्खेत – नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि एउटा कार्पेटसम्म हुँदैन, त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयको ।

सोही विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक श्री जनजागरण प्राथमिक विद्यालय कक्षा-१ मा पढ्छिन् । उनको साथमा नत झोला छ, नत न्यानो कपडा नै थिए । चिसोले कापिरहेकी थिइन्।

त्यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुईजना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत १०४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ ।

भेरीको छेउमै रहेको यो विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ता-चप्पल समेत छैनन्।

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।

यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाए पनि विद्यालयको खानेपानी समस्या भने ज्यूँकात्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्वल कामीले बताउनुभयो ।

शिक्षक अपुग

श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा-५ सम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययनको लागि चेपाङ पुग्छन् । कक्षा-५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजालीले बताउनुभयो ।

२०६५ सालमा स्थापना भएको श्री जनजागरण प्राथमिक विद्यालयमा दुई जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एक जना दरबन्दी, एक जना स्थानीय स्रोत, एक जना राहत, एक जना करारसहित पाँच जना मात्र शिक्षक छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी र शौचालयसम्मको अभाव छ ।

शौचालय र पानीको अभावले विद्यार्थीहरू जंगलतिर

विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँनुहुन्छ । विद्यालयमा शौचालय र पानी नै हुँदैन,’ उहाँले भन्नुभयो, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’

चार वर्ष पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्त रुपमा भौतिक पूर्वाधारको सामग्रीबाट बञ्चित छ । पर्याप्त रुपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् ।

विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’ उहाँले भन्नुभयो, ‘बेन्ज डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कोले सुनाइदेला ‘तपाईंलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्य पढ्ने बेला ओछ्उने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’