अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना रोकथाम र उपचारका विषयमा एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने

कोरोना रोकथाम र उपचारका विषयमा एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने


काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । उहाँले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै जाँदा एमालेले सरकारलाई ध्यानाकर्षण पत्र मार्फत प्रभावकारी रुपमा कोरोना नियन्त्रणमा पहल थाल्न आग्रह गर्न लागेको हो ।