अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी सदस्य ढकाललाई दोस्रो पटक कोरोना संक्रमण

एमाले स्थायी कमिटी सदस्य ढकाललाई दोस्रो पटक कोरोना संक्रमण


काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानु भक्त ढकाललाई दोस्रो पटक कोरोना संक्रमण भएको छ ।

नेता ढकालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । त्यसैले केही दिन घरमा नै आराम गर्नु पर्ने भयो ।’

ढकाललाई यसअघि गत वैशाखमा कोरोना संक्रमण भएको थियो । ढकाल त्यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो ।