अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बतासले सञ्चालन गरिरहेको होटल आनन्द सरकारले फिर्ता लिने,मन्त्री आले आज गौशाला जाने

बतासले सञ्चालन गरिरहेको होटल आनन्द सरकारले फिर्ता लिने,मन्त्री आले आज गौशाला जाने


काठमाडौ- बतास समूहले सञ्चालन गरिरहेको पशुपतिको धर्मशाला पनि फिर्ता लिने तयारी थालेको छ ।
भारत सरकारले पशुपति आउने तिर्थयात्राीका लागि निर्माण गरिदिएको धर्मशाला बतासले होटल आनन्द चलाइरहेको छ भने उसको आफ्नो कार्यालय पनि त्यहीँबाट सञ्चालन गरिरहेको छ ।

पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा भारतीय सहयोगमा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा बतासले कब्जा गरेको हो । उक्त धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
करिब ३४ करोड रूपैयाँमा निर्माण भएको धर्मशाला कौडीमा भाडामा लिएर उसले सम्झौता विपरित संरचनाहरू परिवर्तन गरेर होटल चलाइरहेको छ। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाइ मोटो रकम दिएर बतासले सम्झौता विपरितको काम गरेको हो ।

आइतबार संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री प्रेम बहादुर आले धर्मशालाको निरीक्षणमा जाँदैछन । नारायणहिटी दरबार संग्राहलयबाट बतासलार्इ निकालेका आलेले धर्मशालाबाट पनि बतासलाइ हटाउन चाहेको मन्त्रालय स्रोतले जनाएको छ । उनी बिहान ११ बजे सञ्चारकर्मीसहित त्यहाँ पुग्दैछन् ।