काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई नराम्ररी सताएको बताउनुभएको छ ।
व्यंग्यात्मक शैलीमा बास्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘पेलाहा छिमेकीले कान्ला ताछ्दै आफ्नोखेतको क्षेत्रफल बढाउँदै लगेको र ओमिक्रोनले एकएक गरेर घरका सबै सदस्यलाई सताउँदै गरेको थाहै नपाइॅंदो रहेछ। सबै ठीक पार्छु भन्थे त देउवा खुट्खवर नै छैन। लौन परमादेशी डाक्टर र झाँक्री बोलाइदेऊ। चितवनको जंगलमा पाइने पुष्पकमल लहराले बेरेपछि रुखजति हल न चल ।’

कोरोनाको तेस्रो लहर नियन्त्रणदेखि सीमा समस्यासम्म सरकार लाचार भएको आरोप लाग्दै आएको छ ।







प्रतिक्रिया