अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्म स्थगित


काठमाडौं – प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्ने गरी स्थगित भएको हो ।  

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिनुभएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।