अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ का मुख्यमन्त्री राउतको राजीनामा माग्दै प्रदर्शन

प्रदेश-२ का मुख्यमन्त्री राउतको राजीनामा माग्दै प्रदर्शन


जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

आज युवाहरुले मुख्यमन्त्री राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले वीरगन्ज महानगरपालिका-१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिँदै नारावाजी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाई राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा लगाएका थिए ।