अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण


काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।

आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

उहाँले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गर्नुभएको छ ।

‘म पनि कोभिड पोजेटिभ देखिएको छु । गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेख्नुभएको छ ।

मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आउनुभएको थियो ।