अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको चिया कारखानामा आगलागी

इलामको चिया कारखानामा आगलागी


इलाम – इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयन्त भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।