धनगढी – सुदूरपश्चिम प्रदेशमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय अनुसार एन्टिजेन र पीसीआर विधिबाट १ हजार ४८७ जनाको परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये १७२ जना भारतबाट घर फर्किएका हुन् भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन् ।
आइतबार थपिएका समेत गरेर सुदूरपश्चिममा संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
प्रतिक्रिया