अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि

सर्वोच्चका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि


काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन्। परीक्षण गराएकामध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएका छन् ।

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ ।