काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उहाँको सचिवालयले जानकारी दिएको छ।
केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो । आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुग्नुभएको थियो ।
मन्त्री आलेसहित उहाँको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । अनुगमनमा जाँदा सम्बन्धित् कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उहाँको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् ।
प्रतिक्रिया