अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

कोरोना संक्रमण मुक्त भएपछि अध्यक्ष प्रचण्ड सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो। भेटमा दुई नेताबीच माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

भेटपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको सचिवालयले जनाएकाे छ।