अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मापदण्ड विपरित झाँक्रीको पत्रकार सम्मेलन

स्वास्थ्य मापदण्ड विपरित झाँक्रीको पत्रकार सम्मेलन

पत्रकाहरुको टिप्पणी : सरकारले गरेको निर्णय मन्त्रीले नमानेपछि जनताले के मानुन्


काठमाडौं – सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो मन्त्रिपरिषदको निर्णय सावर्जनिक गर्दै भन्नुभएको थियो, ‘अब सार्वजिनक स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर २५ जना मात्र उपस्थित हुन पाइन्छ।’

सरकारले जारी गरेको यस्ता आदेश सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले २४ घण्टा नवित्दै उल्लंघन गर्नुभएको छ। बबरमहलमा आज उहाँले ठूलो संख्यामा पत्रकार आयोजना गरेर आफ्ना १०० दिने उपलब्धी सुनाउनुभयो । तामझामका साथ आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले भने जसरी स्वास्थ्यका कुनै मापदण्ड पालना गरिएको थिएन। साना हलभित्र झण्डै ४० जनाभन्दा बढी पत्रकार, मन्त्रालयका कर्मचारीको भिडभाड थियो । सो मन्त्रालयका सचिव मणीराम गेलाल कोरोना पोजेटिभ भएर स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री झाँक्रीलाई भौतिक रुपमा पत्रकार सम्मेलन नगर्न बरु भर्चुअल माध्यमबाट गर्न आग्रह गरिएको थियो। तर मन्त्रीले भर्चुअल विधिबाट गर्दा टेलिभिजनहरुमा आफ्नो कामको चर्चा नहुने भएकोले भौतिक उपस्थितिमै पत्रकार बोलाउन कर्मचारी र सचिवालयलाई निर्देशन दिनुभएको थियो।

आजको पत्रकार सम्मेलनपछि पत्रकारहरुको टिप्पणी थियो- ‘आफैं बसेको क्याबिनेटको निर्णय आफैं लागू नगर्ने भएपछि आम मानिसले सरकारको निर्णय कसरी पत्याउन्, कसरी पालना गरुन् ?’