नयाँ दिल्ली – कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।
भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन्। पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ ।
कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् ।
– एजेन्सी
प्रतिक्रिया