अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज


ललितपुर – नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।’ सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।