काठमाडौं – नेकपा एमालेले कोरोना महामारीमा स्वास्थ्य मापदण्ड अपनाउँदै जनताको सेवामा निरन्तर लाग्न कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले आज सबै प्रदेश तथा जिल्ला कार्यालहरुलाई सर्कुलर पठाउदै कोभिड-१९ का विरुद्ध आवश्यक सतर्कता अपनाउदै पार्टीका स्थानीय नेता तथा जनप्रतिनधिलाई जनताको सेवामा सक्रिय हुन भनेको छ ।
कार्यालय सचिव डा. भिष्म अधिकारीले जारी गरेको चार बुँदे सर्कुलरमा स्वास्थ्य प्रोटोकललाई ख्याल गर्दै सबै प्रदेश र जिल्ला कार्यलयहरु सञ्चालन गर्न निर्देशन गरिएको छ । यसैगरी पार्टीका आन्तरिक बैठक,छलफल,भेला जस्ता कार्यक्रमहरु आवश्यक सतर्कता अपनाएर निरन्तर सुचारु गर्न भनिएको छ । यसैगरी २५ जना भन्दा सहभागी हुनुपर्ने कार्यक्रमहरु हाललाई स्थगित गर्न पार्टीले निर्देशन पठाएको छ ।








प्रतिक्रिया