काठमाडौं – नेकपा एमालेले विभागहरुको गठनलाई सुरुवात गरेको छ । यसक्रममा तीन वटा विभागमा केही सदस्यहरु मनोनित गरिएको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ । पार्टीको गत पुष १८ गते बालकोटमा बसेको सचिवालयको बैठकले विभागमा सात जना नेताहरुलाई मनोनित गर्ने निर्णय गरेको थियो ।
संगठन विभागमा सदस्यहरुमा भानुभक्त ढकाल, देवराज घिमिरे, कर्ण थापा, यामलाल कडेंल, लिला गिरी, जगत विश्वकर्मा र ज्वाला कुमारी साह हुनुहुन्छ । पुष २५ र २६ गतेको बैठकले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको थियो ।
एमालेको विधानमा हरेक विभागमा बढीमा २५ जना सदस्य रहने व्यवस्थ छ। बाँकी सदस्यहरु आवश्यकता अनुसार पछि थपिने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया