अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बनायो ६ सदस्यीय स्थानीय तह विभाग

एमालेले बनायो ६ सदस्यीय स्थानीय तह विभाग


काठमाडौं – एमालेले स्थानीय तह विभाग विभागलाई पूर्णता दिन सुरु गरेको छ ।

पोलिटव्यूरो सदस्य एवं विभाग प्रमुख देवेन्द्र दाहालका अनुसार राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराललाई विभागको उपप्रमुख तोकिएको छ। यसैगरी स्थानीय तह सम्बद्ध तीनवटा संस्थाका अध्यक्षहरुलाई विभागको सदस्य बनाइएको छ। जसमा नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल हुनुहुन्छ । यसैगरी अर्का सदस्यमा झापाका हर्कराज राई हुनुहुन्छ । प्रमुख दाहालका अनुसार विभागमा बढीमा २५ जना सदस्य हुनेछन् । अन्य सदस्यहरु आवश्यकता अनुसार मनोनित गरिनेछ । प्रमुख र उपप्रमुख गत पुष २५ र २६ गतेको केन्द्रीय कमिटी बैठकले तोकेको थियो ।