काठमाडौं – नेकपा एमालेले उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको तीन सदस्यीय आर्थिक तथा कोष व्यवस्थापन विभाग गठन गरेको छ ।
केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार पोलिटव्यूरो सदस्य बिना श्रेष्ठ र डा. अधिकारी विभागको सदस्य हुनुहुन्छ ।
पार्टीले गर्ने खर्च र आम्दानीको जोहो गर्ने काम यही विभागले गर्दछ । त्यसैले एमालेमा यस विभागलाई कोषाध्यक्षको रुपमा लिइने गरेको छ ।
प्रतिक्रिया