अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न गठबन्धनको बैठक सुरु

स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न गठबन्धनको बैठक सुरु


काठमाडौं -स्थानीय तहको निर्वाचनको मिती घोषणा गर्ने सन्दर्भमा सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच भेटघाट भएपछि आजको बैठक तय गरिएको थियो । हिजोको भेटघाटमा प्रचण्डले चुनाव नवनर्गे प्रस्ताव गर्दा देउवाले चुनावलाई टार्न नकिल्ने जवाफ दिएपछि आज गठबन्धन बैठक गर्ने निधो भएको थियो । आजको बैठकमा काँग्रेसले चुनावको मिती प्रस्ताव गर्ने तर माओवादी र समाजवादीले चुनाव स्थगित गर्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।
बैठकमा प्रधानमन्त्री देउवा,माओवादी अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत सहभागी छन् ।