अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ मा नयाँ कमिटी निर्वाचित

एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ मा नयाँ कमिटी निर्वाचित


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश सम्पर्क कमिटी प्रदेश नं. १ को काठमाडौंमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ कमिटी निर्वाचित भएको छ।

पार्टी स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालवाबु पण्डितले निर्वाचित नयाँ कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

निर्वाचित नयाँ कमिटीको अध्यक्षमा कपिलदेव ओली, उपाध्यक्षमा खण्डमान राई, सचिवमा नवराज घिमिरे, उपसचिवहरुमा सीताराम अधिकारी र बिमल काफ्ले निर्वाचित भएका छन् । ७४ सदस्यीय कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको हो।