अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना


सप्तरी – सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रति दिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर हेल्प डेस्क स्थापना गरेको हो।

जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सीमा क्षेत्रमामा उच्च सतर्कता अपनाउन हेल्प डेक्स स्थापना गरिएको प्रजिअ गौतमले बताउनुभयो ।

सप्तरीसँग जोडिएको नेपाल-भारत सीमामा आवतजावत खुला रहेको नाकामा शरीरको तापक्रम नापेर मात्र सर्वसाधारण लाई आवतजावत गर्न दिइएको छ।  उच्च तापक्रम तथा कोरोना लक्षण भएका व्यक्तिहरूलाई  एन्टिजेन परिक्षण गर्ने गरिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

यसअघिदेखि नै सप्तरीको तिलाठी कोईलाडी नाकामा हेल्प डेक्स स्थापना गरिएको छ ।