सर्लाही – सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ स्थित नोचामा आज (मंगलबार) दिउँसो ना ५ ख ५०५५ नम्बरको बस दुर्घटनामा परेको थियो।
पश्चिमबाट पूर्वतर्फ गइरहेको सो बसमा १७ जना सवार थिए । उनीहरु सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।





प्रतिक्रिया